प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट : उद्धारका लागि पहल गरिदिन आग्रह

  • कालिका खवर
  • शुक्रबार, बैशाख ७, २०८१
  • लडाकु समूह हमासको आक्रमणपछि इजरायलमा बेपत्ता भएका विपिन जोशीको परिवारले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् । जोशीका बुबा–आमासहितको टोलीले आज बिहान प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेट गरी विपिनको सकुशल उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

    जवाफमा प्रधानमन्त्री प्रचण्डले आफू विपिनको रिहाइका लागि चिन्तित र गम्भीर रहेको बताउनुभयो । साथै विपिनको रिहाइका लागि निरन्तर पहल भइरहेको र छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताउनुभएको छ ।

    गएको असोजमा हमास लडाकु समूहले इजरायलमा गरेको आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । त्यस बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशी सम्पर्कविहीन हुनुभएको थियो । उहाँको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs