सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

  • कालिका खवर
  • शुक्रबार, बैशाख ७, २०८१
  • साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ । उक्त दिन सुन प्रतितोला ७०० रुपैंयाले बढेको हो ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    अघिल्लो दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर १ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs