बतास एमएडब्लुको पहिलो बार्षिकोत्सवमा रक्तदान कार्यक्रम आयोजना

  • कालिका खवर
  • शनिबार, बैशाख ८, २०८१
  • नेपालका लागि आधिकारिक बिक्रेता बतास एमएडब्लु कर्मसियल भेहिकलमा अग्रणी रहेको आइसरको पहिलो वार्षिकोत्सवको अवसरमा बतास अर्गनाइजेसनको प्राङ्गणमा आज शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । यस महत्वपूर्ण अवसरमा कर्पोरेट सामाजिक उत्तरदायित्व र समाजमा सकारात्मक प्रभाव पार्ने प्रतिबद्धताको एक अंशको रूपमा, आइसरले रक्तदान कार्यक्रममा आयोजना गरेको छ । कार्यक्रम कार्यालय टंगाल स्थित बर्तमान अर्गनाइनेशनको परिसरमा सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा ५० प्वाइन्ट रगत संकलन भएको थियो ।
    रक्तदान कार्यक्रममा बतास अर्गनाइजेसनका कर्मचारी, सरोकारवाला, र समुदायका बिभिन्न तह र तप्काका व्ब्यक्तित्वहरु यस महान कार्यमा सामेल भएका थिए । रक्तदान समाजमा योगदान गर्ने र सम्भावित जीवन बचाउने एक सरल तर शक्तिशाली तरिका हो । हाम्रो समर्पित टोली र सामुदायिक साझेदारहरूको समर्थनमा, हामीले रक्त आपूर्तिहरू पुनःपूर्ति गरेर र नियमित रक्तदानको महत्वको बारेमा सचेतना जगाएर महत्वपूर्ण प्रभाव पार्ने लक्ष्य तथा अतिरिक्त रक्तदानका फाइदाहरू,अवसरहरू, र खाँचोमा परेकाहरूलाई सहयोग दिन प्रोत्साहन गर्दछ साथै सँगै, हामी फरक बनाउन सक्छौं र समुदायको सेवा गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिन सक्छौं । आइसरका सि ई ओ र कार्यकारी निर्देशक दिपक अग्रवालले बताउनुभयो ।
    नेपालका लागि आधिकारिक बिक्रेता बतास एमएडब्लु कर्मसियल भेहिकल अन्र्तगत आइसर ले कर्पोरेट सामाजिक उत्तरदायित्वप्रति बलियो समर्पणका साथ विभिन्न पहल र कार्यक्रमहरू मार्फत समाजमा सकारात्मक प्रभाव पार्ने प्रयास आगामी दिनहरुमा समेत गर्ने लक्ष्य बोकेको छ ।

    विगत ४० वर्षदेखि नेपालको व्यवसायिक सवारीको क्षेत्रमा आत्यधिक ग्राहकहरुले रुचाइएको ब्रान्ड आइशर BATASMAW ले आधिकारिक रूपमा बिक्रि गर्दै आईरहेको छ ,आइशर बिश्व भर ७० भन्दा बढी देशहरूमा फैलिएको छ । आइशरले भोल्भो र आइशरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउदै आइरहेको छ । साथै हालसालै भएको बतास र एमएडब्लू बीचको एकताले व्यवसायिक सवारी साधनको बजारमा नयाँ आयाम थप्नुका साथै ११ शाखाहरु, ४ डिलर र १६ Touch Point का साथ देशैभर व्यवसायिक सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs