भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

  • कालिका खवर
  • आइतवार, बैशाख ९, २०८१
  • भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।शनिबार दिउँसो चाँगुनारायण नगरपालिका ७ भद्रकालीमा बागमती प्रदेश ०२ ०२५ प १४०१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुघटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    दुर्घटनामा मोटरसाइकको पछाडि सवार ओखलढुङगाको माने भन्ज्याङ गाउँपालिका घर भइ हाल भक्तपुरकै चाँगुनारायण नगरपालिका ७ खरिपाटीमा डेरागरी बस्ने वर्ष ४० को रामराज राईको मृत्यु भएको हो । मोटरसाइकल खरिपाटीबाट कमलबिनायकतर्फ आउँदै गरेको प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले जानकारी दिए।

    दुर्घटनामा गम्भीर घाइते भएका राईलाई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगिएको थियो । उपचारको क्रममा शनिबार साँझ उनको मृत्यु भएको हो ।

    दुर्घटनापछि मोटरसाइकल चालक उदयपुरको गाईघाट घर भई हाल भक्तपुरको खरिपाटी बस्ने २४ वर्षीय अबिन कुमार सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs