प्यूठानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • कालिका खवर
  • आइतवार, बैशाख ९, २०८१
  • प्यूठानमा मोटरसाइकल दुर्घटना हुँदा दाङको घोराही उपमहानगरपालिका–१५ का २७ वर्षीय बिमल डाँगीको ज्यान गएको छ । रा ५ प १५२८ नम्बरको मोटरसाइकल प्यूठानको माण्डवी गाउँपालिका–१ मुर्कुटी चौरमा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका डाँगीको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनालाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs