पाेखरीमा डुबेर सप्तरीमा सात वर्षीय बालककाे ज्यान गयाे

  • कालिका खवर
  • मङ्लबार, बैशाख ११, २०८१
  • सप्तरीमा पोखरीमा डुबेर आज साेमवार एक जना बालकको ज्यान गएको छ ।

    कञ्चनरुप नगरपालिका–८ भगवती मन्दिरमा रहेको पोखरीमा डुबेर वडा नम्बर ९ का विक्रम रामको सात वर्षीय छोरा विशालकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । खेल्ने क्रममा विशाल राम पोखरीमा खसेका आफन्तले बताएका छन् ।

    मृतक बालक भगवती राष्ट्रिय प्राथमिक विद्यालयकाे कक्षा २ मा अध्यनरत थिए । मृतक बालकको शोकमा आज विद्यालयमा बिदा दिएकाे प्रधानाध्यापक रिना भट्टराई आचार्यले बताउनुभयाे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs