
काशीराम घिमिरे । हरेक बर्ष देशमा पाँचलाख युवा जनशक्ति श्रम गर्न तयार हुन्छ तर रोजगारी भने जम्मा पचास हजारले पाँउछ्न।लगभग दुईलाख युवा बिदेशीन बाध्यछ्न। देशमा ऐन नियम र लगानी गर्ने स्थितिमा ढुक्क नहुँदा बैंक तथा बित्तीय सस्थामा तरलता थुप्रीएको छ। आर्थिक मन्दिको स्थिति उत्तिकै छ।उपभोक्ताको क्रयशक्ति कमजोर बनिरहेको छ । बैंक तथा बित्तीय सस्थाले ऋणमा ब्याज घटएतापनी उद्योगि व्यावसायिहरु अझै ढुक्क भएका छैनन।
कहिँ आर्थिक अभाव त केही उत्पादित बस्तुको बजार सहजिकरण गर्न नसक्दा केही उद्योग हरु बन्दहुने अबस्थामा छ्न ।
यस्तो अबस्थामा यहीँ १६गते सरकारले लगानी सम्मेलन गर्न गइरहेको छ।यश सम्मेलनमा बिश्वका एक हजार ब्यबसायी हरुलाइ निमन्त्रणा गरिएको पाइन्छ।
कुनैपनी उद्योग धन्दामा लगानी गर्नको लागि देशमा हरेक बाताबरण हरु सबल हुन आबस्यक छ।देशमा लगानी गर्ने बाताबरणको सृजना सरकार पक्षबाट बन्नुपर्छ ।यसको लागि ऐन नियममा सहजीकरण। करको मात्रा ,आर्थिक रकमको जोहो र सुरक्षा, उत्पादित बस्तुको बजारमा सहजीकरण, जस्ता कार्यहरुमा सहज गर्न सके र देशमा निजि क्षेत्रलाई लगानिमा आकर्षक गर्न सकेमात्र लगानी बढन सक्छ।तर आफ्नै देशका लगानी कर्ताहरुलाइ लगानिको लागि ढुक्क बाताबरण सृजना गर्न नसक्ने सरकारले बिश्वका लगानीकर्ता लाई डाकी सम्मेलन गर्नु सान्दर्भिक छ्की छैन भन्ने प्रश्न चिन्ह खडा भएको पाइन्छ।देशमा लगानी गर्ने थुप्रै ठाउँहरु छ्न।कृषि पर्यटन, जलविद्युत, खनिज, जडिबुटी, कपडा उद्योग लगायत धेरै क्षेत्रहरु यसमा पर्दछ्न।यी क्षेत्रमा लगानी गर्ने बाताबरण सरकार पक्षबाट विशेष हुनुपर्छ ।
यो लगानी सम्मेलनले विशेष त कृषि पर्यटन र जलविद्युत क्षेत्रमा बढी प्रारथमिकत्ता दिनुपर्छ। कृषिक्षेत्र छिटो आर्थिक चलायमान हुने क्षेत्रमा पर्छ र पर्यटन क्षेत्र नेपालमा पर्यटनको संभावना बढी भएको पाइन्छ।हिमाल रमणीय ठाउँ प्राकृतिक सौर्न्दर्यता को कारणले यो क्षेत्रमालगानी गर्ने प्रचुर ठाउँ छ।साथै अर्को लगानी गर्ने विशेष प्राथमिकतामा पर्ने भनेको नेपालमा भनेको जलविद्युत क्षेत्रहो बिगतका केही बर्षमा निजि तथा सरकारी क्षेत्रको राम्रो गन्तव्यमा यो पर्छ ।यो क्षेत्रमा मात्रै लगानी गर्न देशमा छयालीस खर्ब रकमको आबस्यक पर्छ तर स्वदेशी रकम यतिका जुटाउन कठिन हुन सक्छ।त्यसैले यश क्षेत्रमा बिदेशी लगानी भित्र्याउन आबस्यक देखिन्छ ।
देशमा साच्चिकै सरकारले अब सिरियस भएर लगानी गर्ने बाताबरण सृजना गर्नुपर्छ।देशमा लगानी गर्ने थुप्रै ठाउँहरु छ्न तर सरकारले यसमा सहजीकरणको बाताबरण सृजना नगरिदिँदा समस्या भएको हो।एकातिर त्रिपक्षीय कर प्रणाली अर्को तर्फ उत्पादित बस्तुको बजारी सहजीकरण नहुनु ।बिदेशमा उक्त बस्तुले स्थान पाउन नसक्नु । कशिलो ऐन नियम प्रणाली ।बैंक तथा बित्तीय सस्थाको ब्याजदरमा वृद्धि तथा उतारचढाव जस्ता कारणले स्वदेशी उद्योगि व्यावसायी हरुपनी यसमा आकर्षक हुन सकिरहेका छैनन ।त्यसको लागि यो सम्मेलन बाटै सरकारले यी विभिन्न कार्यहरु सुधार गर्नु जरुरी देखिन्छ।
सरकारले स्वदेशी युवासक्तीलाई विशेष त यश सम्मेलन बाट लगानिको लागि प्रोत्साहन गर्न सक्नुपर्छ ऐन नियममा संसोधन बैंकको कर्जाको एकल अङ्कको ब्याजदर ।झन्झटिलो करप्रणालिमा सुधार ।उत्पादित बस्तुलाइ बजारीकरण र सहजीकरण जस्ता कार्य यश सम्मेलनले ढुक्क हुने बाताबरण गर्नुपर्छ।अर्कोतिर स्वदेशको लगानी मात्रै नभइ बिदेशी लगानी कसरी भित्र्याउने भन्ने बारेराम्रो गृहकार्यमा सरकार लाग्नुपर्छ ।यश लगानी सम्मेलन मार्फत देशमा लगानीको बाताबरण सृजना गरि बढी भन्दा बढी लगानी भित्र्याइ उद्योग धन्दाको बिकाश गरिदेशमा रोजगारी सृजना हुने बिकाश निर्माणको राम्रो बाताबरण बन्ने स्थिति हुनेछ।यसको लागि उपयुक्त बाताबरण स्थित सरकार नियम कानुनमा एकरुपता बारे सम्पुर्ण राजनितीक दल र सरकार मिलि राम्रो बाताबरण लगानिकर्ता समक्ष प्रस्तुत गर्न सक्नुपर्छ ।
जसले गर्दा स्वदेश तथा बिदेशी उद्योगि ब्यबासायी हरु उत्साहित हुन सक्नेछ्न। यसको प्रचुर मात्रामा फाउदा लिन सके यो सम्मेलन ले राम्रो गति लिन सके । देशको लागि हित नै हुनेछ।त्यसैले सरकारले सम्मेलनको नारा मात्रै लिने होइन लचकता र सहजीकरणको लागि केही पक्षमा सुधार गर्न आबस्यक छ।