संसदमा भइरहेका घटनाहरू सुखद् छैनन् : माधव नेपाल

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ ८, २०८१
  • जनकपुर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदमा भइरहेको घटना दु:खद भएको बताएका छन् ।

    जनकपुरमा मंगलबार बिहान समाजवादी प्रेस संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले सांसदमा घटिरहेका घटना वार्ता र संवादबाट समाधान गर्नु पर्ने बताए । ‘संसदमा जुन किसिमका घटनाहरु घटिरहेका छन् । वास्तवमा ती घटनाहरू सुखद छैन । वार्ता र संवादबाट ती कुराहरुको समाधान खोज्नु पदर्छ,’ उनले भने ।

    नेपालले आफ्नो दल उथलपुथलको राजनीतिमा नरहने समेत बताए । जसपा नेपाल विभाजति भएर विपक्षी गठबन्धनमा जाँदा समाजवादी मोर्चाको भविष्य के हुनेबारे दलहरुबीच बसेर छलफल गर्ने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs