पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ ८, २०८१
  • नवलपरासी पश्चिम नवलपरासी पश्चिममा आफ्नै घरको धारामा मोटर लगाई पानी तान्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सरावल गाउँपालिका-३ श्रीनगर बस्ने ३० वर्षीय प्रदीप चौधरीको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको हो ।

    करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs