खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्दै धादिङ-काठमाडौँ सम्पर्क मञ्च

  • कालिका खवर
  • आइतवार, जेष्ठ १३, २०८१
  • काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एमाले) धादिङ-काठमाडौँ सम्पर्क मञ्चले गणतन्त्र दिवसको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ। यस अघिका वर्षहरूमा जस्तै मञ्चले यो वर्ष पनि आगामी जेठ १९ गते शनिवार विहान ७:०० वजेबाट १२:०० वजे सम्म स्वयम्भू मनमोहन अस्पतालको अपोजिट रिङरोड सँगै ट्रयाकमा रक्तदान कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागेको हो।

    राजनीतिक क्रियाकलाप सँगै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहँदै आएको सम्पर्क मञ्चले विभिन्न अवसरमा फरक फरक किसिमका कार्यक्रमहरू आयोजना गर्दै आएको छ। त्यसैको निरन्तरता स्वरूप नियमित गतिविधि अन्तर्गत नै रक्तदान कार्यक्रम आयोजना गरिएको मञ्चका अध्यक्ष कमल थापा मगरले जानकारी दिएको छ।

    कालिका खवर सँग कुरा गर्दै नेकपा एमाले धादिङ-काठमाडौँ सम्पर्क मञ्चका निवर्तमान अध्यक्ष संजिव पाण्डेले रक्तदान एउटा यस्तो कार्य हो, जसले विश्वव्यापी रूपमा लाखौंलाई बचाउँछ। किनभने, रगत मानव जीवनको अत्यावश्यक तत्व हो। ‘रक्तदान जीवनदान, रक्तदान महादान’ भन्ने भनाइको मूल मर्मलाई व्यवहारिक बनाउन सम्पर्क मञ्चले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको र यो वर्ष पनि गर्न लागिएको बताए। उनले सबैको निरन्तर साथ र सहयोगका कारण मञ्चले गर्ने हरेक कार्यक्रम सफल हुँदै आएको भन्दै यो कार्यक्रम पनि सफल बनाउन र काठमाडौंमा अहिल्य देखिएको रगतको अभाव बाट हुने समस्या न्यूनीकरण गर्न ठूलो सहयोग हुने विश्वास लिएको बताए ।

    मानव रगत कुनै प्रयोगशालामा नबन्ने भएकोले दुर्घटनामा अत्याधिक रगत बगेका, ठूला शल्यक्रिया गर्नुपर्ने लगायतका ब्यक्तिलाई रगतको सधैं आवश्यकता परिरहेको हुन्छ, जुन अरु कुनै व्यक्तिले दिएर मात्र सम्भव हुन्छ। १८ देखि ६० वर्षसम्म उमेर र ४५ किलोग्रामभन्दा बढी तौल भएका साथै सबै शारीरिक र हेमाटोलोजिकल मापदण्ड पूरा भएको तथा शरीरमा रगत न्यूनतम ३५० मिलिलिटर भएका सबै व्यक्तिले रक्तदान गर्न सक्दछ। रक्तदानको समयमा रक्तदाताको स्वास्थ्य राम्रो हुनुपर्ने जानकारि गराउदै रक्तदानको लागि सम्बन्धित सबैलाई अपिल गरे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs