एमाले र ओलीप्रति लगाएकाे आराेपमा कांग्रेसले माफी नमागे राजनीतिक प्रतिवादमा उत्रिन्छाैँ : पाैडेल

  • कालिका खवर
  • सोमवार, जेष्ठ १४, २०८१
  • नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति नेपाली कांग्रेसले लगाएको आरोपको लिखित र सार्वजनिक माफी नमागे राजनीतिक प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष पाैडेलले गिरीबन्धु टी–स्टेटको जग्गाबारे नेपाली कांग्रेसले एमाले र एमालेका अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा लक्षित गरेर अराजनीतिक र पूर्वाग्रही आरोप लगाइरहेको बताउनुभयो । कांग्रेसले अध्यक्ष ओलीप्रति लगाएको आरोपमा लिखित रूपमा क्षमायाचना नमागे एमाले राजनीतिक प्रतिवादमा उत्रिने उहाँले चेतावनी दिनुभयो ।

    एमाले उपाध्यक्ष पाैडेलले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन कांग्रेस तयार नरहेको आरोप पनि लगाउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs