उत्पादन तथा बिकाश मुखी बजेट आजको आबस्यकता

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ १५, २०८१
  • संघीय सरकारले यहीँ जेठ १५गते बजेट ल्याउन लागेको छ ।हरेक बर्ष सरकारले यहीँ दिन बजेट प्रस्तुत गर्ने गर्दछ।बजेट भन्नाले सरकारले जारी गर्ने आम्दानी र खर्चको विवरण सहित घोषणा गरिने एउटा बिस्तृत बिवरण हो।यो सरकारको सामाजिक तथा आर्थिक विवरण पनि हो।सरकारले एक आर्थिक बर्षका लागिजारी गर्ने आय तथा ब्यय संम्बन्धि एउटा् अनुमानित विवरण नै बजेट हो।यसको सुरुवात सन १७३३मा बेलायत बाट भएपनी नेपालमा भने यसको सुरुवात२००८सालमा मातृकाप्रसाद कोइरालाको पालामा शुवण समशेरले प्रस्तुत गरेको पाइन्छ।यो एउटा बिगत तथा बर्तमान स्थितिको मुल्यांकन गरेर तयार गरिन्छ । यसलाई सरकारको आफ्ना बित्त नीतिसार्बजनिक तथा कार्यनयन गर्ने संयन्त्रको साथै ब्यवस्थापकिय नियन्त्रणको रुपमा पनि लिइन्छ ।यो सरकारको आम्दानी तथा खर्चको बिस्तृत खाका हो । यसको प्रक्रिया कानुन अनुसार नै हुने गर्दछ।यसमा विभिन्न शीर्षक मार्फत देशको परिकल्पना गरिएको हुन्छ।

    बजेट बनाउने प्रक्रियामा सरकारले विभिन्न आफ्नो देशका अर्थबिद सँगको छलफल, बिचार, बिमर्श र योजना आयोग अर्थ मन्त्रालयका विशिष्ट अनुभवी ब्यक्ती बाट यसको खाका तयार गरिन्छ।बजेट निर्माण गर्दा विभिन्न मन्त्रालय बाट विभिन्न खाकाहरु माग गरेर र त्यसको रिपोर्टको आधारमा बजेट निर्माण गर्ने गरिन्छ। यो बिगतको तथ्यांक बाटपनी यसको बिवरण हरु तयार गरिन्छ। हरेक तथ्य प्रमाण हरु जुटाइ त्यस अनुरुप बिस्तृत अध्यन गरि यसको निर्माण हुने गर्दछ। त्यसैले यो एक आर्थिक बर्षको लागि अनुमानित आम्दानी तथा खर्चको बिस्तृत विवरण हो ।सरकारले जारी गर्ने बिस्तृत अर्थ संम्बन्धि देशको खाका हो। जसमा देश बनाउने परिकल्पना देखि बिकास योजना हरु सपना हरु यसमा प्रस्तुत हुने गर्दछ।
    यसरी तयार गरेको बजेट सरकारद्रारा अर्थमन्त्री मार्फत ब्यवस्थापिका संसदमा प्रस्तुत गर्ने गरिन्छ। यो समग्र देशको आर्थिक आय ब्यय बिवरण भएको हुँदा हरेक क्षेत्रले यसलाई नियाली रहेको हुन्छ । यसरी जारी गरिने सरकारको बजेट उपर संसदमा पक्ष विपक्ष मा छलफल बिचार हरु सभासदले राख्ने गर्दछ्न।यसमा थप गर्ने सच्याउने विषय भए त्यो पनि थप गरि ब्यवस्थापिका मार्फत पास गरि यसलाई राष्ट्रपति कार्यलयमा पेश गरिन्छ। त्यहाँबाट स्वीकृत भएपछि यसलाई विभिन्न मन्त्रालय मार्फत बाँडफाँड गर्ने गरिन्छ।
    गत बर्ष १७खर्ब ५१अर्बको बजेट सरकारले जारी गरेको थियो।जसमा ६५प्रतिशत चालू खर्च र १७.२५प्रतिशत पुँजिगत खर्च र बित्तीय अनुदान १७.५५प्रतिशत देखिन्छ । राजस्व बाट सरकारले १२खर्ब ४८अर्ब अनुमान गरेपनि जुटाउनु मुस्किल पर्न सक्छ।साथै आन्तरिक तथा बाहक ऋणको हिस्सा ४खर्ब माथी थियो ।एकातिर त्यो लक्ष्यमा पुग्न कठिन र अर्कोतिर देशको समग्र ऋण२४खर्ब हाराहारीमा देखिन्छ।त्यसैले सरकारले यो बर्ष बजेटको आकार बढाउने र ठूलोप्रकारको बजेट भन्दा बिगत बर्षकै हाराहारीमा बजेट ल्याउनु जरुरी छ। ठूलो प्रकारको बजेट आउँदा कार्यान्वयनमा समस्या हुने गर्दछ।बिस्वका धेरै देशमा घाटा बजेट नै जारी हुने गर्दछ्न तर बिगत केही बर्ष देखि देशको समग्र ऋणको मात्रा अत्यन्तै तिब्र रुपमा बढेको हुँदा धेरै ऋणमा पर्नुभन्दा ठिक्कमा आधारित बजेट प्रस्तुत गर्नु राम्रो हुन्छ।केही बर्ष देखि चालू खर्च र पुँजिगतखर्चको रुप निकै तलमाथि छ । देशमा साच्चिकै बिकाश गर्नको लागि लगभग समग्र बजेटको ३०प्रतिशत बजेट आबस्यक पर्दछ।तर निकै न्यून छ। सरकारले चालू खर्चमा कमि गरिपूँजिगत खर्चमा वृद्धि गरि बिकाश मुलक बजेट यो बर्ष जारी गर्नुपर्छ। बिगतमा जस्तो सानो बिकाश बजेट त्यहीँमाथी असारमा बजेट सक्ने प्रवृत्ति बन्द गर्न सक्नुपर्छ बजेट देशको हित हुने खालको र विशेष त बजेट कार्यान्वयनमा सरकारले जोड दिनुपर्ने हुन्छ।
    यो बर्ष सरकारले बिकासको साथै निजि क्षेत्रलाई प्रोत्साहन गर्ने खालको बजेट ल्याउनु पर्छ ।विशेषगरी कृषि, पर्यटन,,; शिक्षा स्वास्थ्य, खानेपानी ,बाटोघाटो,हाइड्रोपावर र इन्धन उत्खननमा बजेट बढाउने र रोकिएका सस्थानको पुन संचालनगरि देशमा कलकारखानाको बिकास गरि, रोजगारी र राजस्व बढाउने क्षेत्रमा लगानी गर्न सरकार लाग्नुपर्छ !जसले देशको समग्र ब्यापार घाटा कमहुने गर्दछ ।स्वदेशी मुद्रा बिदेशीन बाट रोकिन्छ ।रोजगारी बढनाले युवासक्तिको बिदेश पलायन रोकिन्छ।
    विशेष देशको परिकल्पना सहितको बजेट आएमा देशलाई साच्चिकै संम्बोधन गर्ने खालको बजेट आएमा यसले देशको मुहार छिटो फेर्न सक्दछ।
    काशीराम घिमिरे

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs