एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित

  • कालिका खवर
  • बुधबार, जेष्ठ १६, २०८१
  • नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन् । घनश्याम कँडेललाई पराजित गर्दै पाठक अध्यक्ष बनेका हुन् । पाठकले ६०६ मत प्राप्त गरेका छन् । कँडेलले ९३ मत प्राप्त गरे ।

    जिल्ला अध्यक्षमा निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपानेको पनि दाबी थियो । तर अन्तिम समयमा उनले पाठकलाई समर्थन गरेका थिए । पाठक निवर्तमान समितिका उपाध्यक्ष हुन् । उनी अधिवक्ता हुन् । उनी नेपाल बार एसोसियसन चितवन शाखाको अध्यक्ष पनि भएका थिए ।

    जिल्ला उपाध्यक्षमा श्यामकुमार विष्ट निर्वाचित भए । उनले ४०४ मत प्राप्त गरेका छन् । प्रतिद्वन्द्वी कृष्णकुमार डल्लाकोटीले २८४ मत प्राप्त गरे । सचिव पदमा ४६६ मत प्राप्त गरेर प्रकाश ढुंगाना निर्वाचित भए। प्रतिद्वन्द्वी पदमपाणि सुवेदीले २२१ मत प्राप्त गरे ।

    उपसचिव पदमा मिनबहादुर परियार र ज्वाला पुरी वन निर्वाचित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs