पाकिस्तान र इंग्ल्यान्डबीचको तेस्रो टी–२० क्रिकेट रद्द

  • कालिका खवर
  • बुधबार, जेष्ठ १६, २०८१
  • पाकिस्तान र इङ्ग्ल्यान्डबीचको तेस्रो टी–२० क्रिकेट वर्षाका कारण रद्द भएको छ । यसअघि नेपाली समयअनुसार राति सवा ११ बजे कार्डिफमा हुने तय भएको खेल टस पनि नभई रद्द भएको हो । चार खेलको शृङ्खलामा इङ्ग्ल्यान्ड १–० ले अगाडि छ ।

    गएको शनिवार भएको दोस्रो खेलमा इंग्ल्यान्ड २३ रनले विजयी भएको थियो । पहिलो खेल पनि वर्षाका कारण रद्द भएको थियो । चौथो तथा अन्तिम खेल भोलि हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs