सुर्खेतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते

  • कालिका खवर
  • बिहिबार, जेष्ठ १७, २०८१
  • काँक्रेविहार (सुर्खेत) । सुर्खेतबाट कालीकोट जाँदै गरेको जीप सुर्खेत-दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार २ जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको हो । अरु दुईजना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पुर्‍याइएको छ ।

    दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको उक्त कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs