काठमाडौंको यी स्थानमा आज ४ घन्टा लोड्सेडिङ

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ २५, २०८१
  • नेपाल बिद्युत् प्राधिकरणले वितरण लाइन भूमिगत कार्य भइरहेकोले काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

    प्राधिकरणले आज एक सूचना जारी गर्दै  आइतबारदेखि कीर्तिपुर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य सुरु हुने बताएको हो ।

    यी फिडरहरू अन्तर्गत विभिन्न स्थानहरूमा फरक फरक दिन बिहान ११ बजेदेखि दिउँसो ३:०० बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs