३३ अंकले बढ्यो नेप्से, हाइड्रो र बिकास बैंकका लगानिकर्ता मालामाल

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ २९, २०८१
  • शेयर बजार परिसूचक नेप्से आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव १५ अङ्कले बढेर २ हजार १ सय १५ दशमलव २४ विन्दुमा पुगेको छ ।

    आज सबै समूहको शेयर बढेकोमा बीमा, हाइड्रोपावर, व्यापार, विकास बैंक, माइक्रोफाइनान्स, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

    आज वरुण हाइड्रोपावर, ग्रीन भेन्चर्स, कुथेली बुखारी हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन साम्लिङ पावर कम्पनीको शेयर भने साढे ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज ३ सय ११ वटा कम्पनीका १ करोड २६ लाख कित्ता शेयर ५ अर्ब ५५ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको ३६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs