पाल्पाको नुवाकोटबाट बुटवल फर्कंदै गरेको कार दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

  • कालिका खवर
  • बिहिबार, जेष्ठ ३१, २०८१
  • पाल्पाको तिनाउ गाउँपालिका नुवाकोटबाट बुटवल फर्कंदै गरेको कार हिजो बेलुकी नुवाकोटबाट जीतगढी झर्ने ओरालोमा पल्टिँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । लु २ च ८५३१ नम्बरको कार हिजो राति साढे ८ बजेतिर अनियन्त्रित भई सडकबाट खसेको हो ।

    दुर्घटनामा स्याङ्जा पुतलीबजार घर भई बुटवल–१० बस्दै आएका चालक ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र ५० वर्षीया भगवती श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका बुटवल मिलनचोककी चन्दा श्रेष्ठको भैरहवा मेडिकल कलेज, भैरहवा र बुटवल ११ होराइजन चोककी लक्ष्मिता श्रेष्ठको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ ।

    घाइते दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs