
ताप्लेजुङ । खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।
गाउँपालिकाका अध्यक्ष राजन लिम्बूकाअनुसार पहिरोमा पुरिएर ६९ वर्षीय रामबहादुर लिम्बू, उहाँकी श्रीमती जसमाया र उहाँहरुका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको ज्यान गएको हो । यसैगरी ४० वर्षीया युगेन लिम्बू र उहाँकी तीन वर्षीया छोरी घाइते हुनुभएको
बाढीले तमोर करिडोरका दुईसहित ६ वटा पुल बगाएको गाउँपालिकाका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।