प्रचण्डलाई किन प्रधानमन्त्री बनेको भन्ने नै थाहा छैन : महामन्त्री थापा

  • कालिका खवर
  • शनिबार, असार २, २०८१
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको बताएका छन्।

    शनिबार नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री दाहाललाई आफू प्रधानमन्त्री किन भएको हो भन्ने नै थाहा नभएको बताएका हुन्।

    ‘माओवादीको प्रमुख जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई प्रधानमन्त्री भएर के गर्ने भन्ने कुराको कुनै मेसो पनि छैन। किन प्रधानमन्त्री हुनुभएको भन्ने थाहा पनि छैन। के को लागि हुनुभएको हो? के गर्ने हो? उहाँ प्रधानमन्त्री नभए के हुन्छ अहिले? केही पनि छैन,’ उनले भने।

    महामन्त्री थापाले एमालेले बजेटको स्वामित्व नलिएको बताउँदै सत्तामा भएर पनि नभएजस्तो गरिरहेको बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs