गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमण, बालबालिकासहित १७ जनाको ज्यान गयो

  • कालिका खवर
  • मङ्लबार, असार ५, २०८१
  • मध्य गाजा पट्टीको नुसेरात शरणार्थी शिविरमा इजरायलले गरेको आक्रमणमा बालबालिकासहित १७ जनाको ज्यान गएको छ । याे क्षेत्रमा इजरायलले रातभर बम आक्रमण गरेको थियो ।

    प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारविरुद्ध हिजबुल्लाह र हमासले निरन्तर प्रदर्शन गर्ने क्रममा इजरायली प्रहरीले प्रदर्शन रोक्न आक्रमण गरेको अलजजिराले जनाएको छ ।

    इजरायको आक्रमणबाट रफाहमा सहायता ट्रकको पर्खाइमा रहेका कम्तीमा नौ जना प्यालेस्टाइनीको पनि ज्यान गएको छ । अरू धेरै गम्भीर घाइते भएका छन् । यसैबीच त्यहाँका स्थानीय सञ्चारमाध्यमले मध्य गाजामा इजरायली आक्रमणपछि शरणार्थी शिविरमा भएको छुट्टाछुट्टै आक्रमणमा १७ जान प्यालेस्टाइनी मारिएका बताएका छन् ।

    इजरायली प्रहरीले सोमवार राति जेरुसेलममा प्रधानमन्त्री नेतान्याहुको घरबाहिर सरकार विरोधी प्रदर्शनमा कम्तीमा आठ जनालाई पक्राउ गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs