
कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद सजाय पाएर २० वर्षदेखि फरार मकवानपुरको इन्दरसरोवर गाउँपालिका–१ नयाँगाउँका ६१ वर्षीय सन्तबहादुर स्याङबो भन्ने सन्तबहादुर वाइबालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डौ महानगरपालिका–३५ निवासी ४२ वर्षीय केदारप्रसाद पराजुलीलाई गएको २०६१ जेठ ३ गते नगद ५० हजार रुपैयाँ लुटपाट गरी कुटपिट गर्दै भीरबाट लडाएर हत्या गरेको कसुरमा वाइबालाई १६ वर्ष कैद र तीन लाख रुपैयाँ जरिबानाको फैसला गरेको थियो ।
मकवानपुर जिल्ला अदालतले २०७० फागुन ७ गते दिएको आदेश लगत्तै वाइबा फरार भएका थिए ।