मुद्दा मामिलापछि चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्ति प्रक्रिया फेरि अघि बढ्यो

  • कालिका खवर
  • बुधबार, असार ६, २०८१
  • मुद्दा मामिलाका कारण अन्योलमा परेको चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्ति प्रक्रिया फेरि अघि बढेको छ । चिकित्सा शिक्षा आयोगको निर्देशक नाम सिफारिस गर्न गठित समितिले एक सूचना प्रकाशित गर्दै सर्टलिस्टमा १२ जनालाई अन्तरवार्ताका लागि बोलाएको हो ।

    यसअघि मङ्सिर १६ गते अल्पसूची कायम गरिएको तथा प्रस्तुति र अन्तर्वार्ता कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गरिएकोमा सम्मानित उच्च अदालतमा रिट दायर भएपछि अन्तर्वार्ता, परीक्षाफल प्रकाशन र नियुक्तिलगायतका कारवाही यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश जारी भएको थियो ।

    तर उच्च अदालत पाटनको गत जेठ १३ को फैसलाबाट रिट निवेदन खारेज हुने ठहर्छ भनी आदेश भएकोले उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तरवार्ता कार्यक्रम अघि बढाइएको सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs