सर्वोच्चमा मुद्दाको सुनुवाई नहुँदै कोशी प्रदेशमा हतारमा बजेट पारित

  • कालिका खवर
  • शनिबार, असार ९, २०८१
  • कोशी प्रदेशको आउँदो आर्थिक वर्षको बजेट पारित भएको छ । कोशी सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा भोलि सुनुवाई हुने तालिका छ । त्यसैले सत्तापक्षले चार दिनको छलफलपछि हतार–हतारमा आज बजेट पारित गरेको हो ।

    कोशी प्रदेशका अर्थमन्त्री रामबहादुर मगरले असारको १ गते आउँदो आर्थिक वर्षको लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो । असारको ४ गतेदेखि बजेटमाथिको छलफल शुरु भएको थियो । हिजो राति ९ बजेसम्म प्रदेशसभाको बैठक बसेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs