निर्मला पन्तको हत्या गर्ने व्यक्ति पत्ता लगाउने काम भइरहेको छ : गृहमन्त्री

  • कालिका खवर
  • मङ्लबार, असार १२, २०८१
  • उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याराको खोजी जारी रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकबारे छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘अपराधको अनुसन्धान र अभियोजन गृह मन्त्रालयको प्राथमिकतामा छ। निर्मला पन्तको हत्या गर्ने व्यक्ति पत्ता लगाउन आवश्यक कार्य भइरहेको जानकारी सम्मानित सदनमा जानकारी गराउँछु।’

    उनले गिरिबन्धु टी-स्टेटलगायतका विषयमा यदि कानुन उलङ्घन भएको छ भने सो विषयमा आवश्यक अनुसन्धान हुने बताए। उनले सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीको सुविधा कम भएको उल्लेख गर्दै स्रोतसाधनको सीमितताका कारण समस्या पूर्ण रूपमा समाधान गर्न नसकिए पनि भविष्यमा थप स्रोतसाधनले सुविधा सम्पन्न गर्दै लैजाने प्रतिबद्धता जनाए।

    उनले मनसुनजन्य विपद्‌बाट हुनसक्ने सम्भावित जोखिमको आकलन गरी जोखिमयुक्त क्षेत्रलाई उचित संरक्षण हुनेगरी विभिन्न क्षेत्रगत रूपमा निकायगत जिम्मेवारी तोकिएको बताए। ‘सबै सरोकारवाला निकायसँगको समन्वय तथा सहकार्यमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा रहेको र केन्द्रीय तहमा कमाण्ड पोष्ट गठन गरिएको छ’, उनले भने।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs