रोल्पा जीप दुर्घटना अपडेट : ज्यान गुमाएका सातै जनाको परिचय खुल्यो

  • कालिका खवर
  • मङ्लबार, असार १९, २०८१
  • रोल्पामा भएको जीप दुर्घटनामा ज्यान गुमाएका सातै जनाको परिचय खुलेको छ । घर्तीगाउँबाट तालाबाङका लागि छुटेको लु १ ज ३२५२ नम्बरको जीप हिजो बेलुका माडी गाउँपालिका वडा नम्बर–४ परेवा छहरामा दुर्घटना हुँदा सात जनाको ज्यान गएको हो ।

    जिल्ला प्रहरी प्रमुख डीएसपी भरत लामाका अनुसार ज्यान गुमाउनेमा माडी गाउँपालिका–३ तालबाङकी ३३ वर्षीया जुनमाया खड्का, ५० वर्षीया कर्मा घर्ती मगर, ७७ वर्षीय खड्गबहादुर डाँगी, ३० वर्षीया अमृता घर्ती र उहाँका १८ महिनाकी छोरी रहेकी छन् । त्यस्तै परिवर्तन गाउँपालिका–२ राङ्सीकी ३३ वर्षीया रामकली पुन र ७० वर्षीय झुपलाल डाँगीको पनि ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

    दुर्घटनामा घाइते भएका १० जनामध्ये छ जनालाई उपचारका लागि अरू अस्पताल रिफर गरिएको छ । घाइतेमध्ये खगेन्द्र बाँठाको रोल्पामै उपचार भइरहेको छ । सामान्य चोटपटक लागेकी दिलकुमारी घर्ती मगर उपचारपछि घर फर्किनुभएको छ ।

    जीप गुडिरहेको समयमा पहिरो खसेको थियो । गाडी स्टार्ट भइरहेकै अवस्थामा चालकले ओर्लिएर ओट राख्न खोज्दा दुर्घटना भएको प्रहरीको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs