टर्की र नेदरल्यान्ड्स युरोकप फुटबलको क्वाटरफाइनलमा

  • कालिका खवर
  • बुधबार, असार २०, २०८१
  • टर्की र नेदरल्यान्ड्स युरोकप फुटबलको क्वाटरफाइनलमा पुगेका छन् । आज बिहान भएको खेलमा अष्ट्रियालाई हराउँदै टर्की र गएराति भएको खेलमा रोमानियालाइ हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा पुगेको हो ।

    टर्कीले अष्ट्रियलाई २–१ गोलले र नेदरल्यान्ड्सले रोमानियालाई तीन गोलले हरायो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको ६६ औँ मिनेटमा एक गोल फर्कायो ।यस्तै नेदरल्यान्ड्सकाे जीतमा पामा डोनिएल मालेनले दुई तथा कोडी गाक्पाेले एक गाेल गरे ।

    योसँगै युरोकपको क्वाटरफाइनल समिकरण पूरा भएको छ । अब टर्कीले क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग खेल्नेछ । क्वाटरफाइनलका अरू खेलमा स्पेनले जर्मनी, इंग्ल्यान्डले स्विटजरल्यान्ड तथा फ्रान्सले पोर्चुगलसँग खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs