जमैकामा बेरिल नामको शक्तिशाली आँधी

  • कालिका खवर
  • बिहिबार, असार २१, २०८१
  • बेरिल नामको शक्तिशाली आँधी ठूलो गर्जनसहित जमैकाको क्यारेबियन टापु तर्फ सरिरहेको छ । झन्डै दुई सय २० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको हावासहितको आँधी क्यारेबियन टापुको दक्षिणी तटीय क्षेत्रको नजिकबाट पार गर्न सक्ने यूएस नेशनल हुरिकेन सेन्टर (एनएचसी ) ले चेतावनी दिएको छ ।

    यसका कारण जमैका र पछि केम्यान टापुहरूमा जनजीवन सङ्कटमा पार्ने खालको हावा र आँधीबेहरी चल्नसक्ने बीबीसीले जनाएको छ । क्यारेबियन क्षेत्रमा आएको आँधीका कारण अहिलेसम्म कम्तीमा सात जनाको ज्यान गएको छ । जमैकामा शक्तिशाली आँधीबेहरीको चेतावनीसँगै प्रशासनले स्थानीय समय अनुसार विहान ६ देखि बेलुका ६ बजेसम्म कर्फ्यू लगाएको छ ।

    प्रधानमन्त्री एन्ड्रयु होलनेसले नागरिकलाई यो आँधीलाई गम्भीर रूपमा लिएर बाढी र पहिरोको जोखिममा रहेका बस्ती र नदी किनार तथा तटीय क्षेत्रमा हुनेलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्नुभएको छ । बेरिल आँधीका कारण यसअघि सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्सको हिस्सा रहेको युनियन टापुमा झन्डै ९० प्रतिशत घर क्षतिग्रस्त भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs