यस्तो छ कालीमाटीमा तरकारी भाउ

  • कालिका खवर
  • बिहिबार, असार २१, २०८१
  • केही दिनयता च्याउको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक सातामा कन्य च्याउको भाउ ५० र डल्ले च्याउको भाउ १० प्रतिशत बढेको छ ।

    बिहीबार कालीमाटी बजारमा कन्य च्याउको भाउ अधिकतम प्रतिकिलो १५०, डल्ले च्याउको ३२० रुपैयाँ छ । तने बोडीको भाउ अधिकतम प्रतिकिलो ५०, लौका ५०, परवर ४०, भिण्डी ७०, घिरौंला ६०, तिते करेला ५०, घिउ सिमी ७०, लाम्चो भन्टा ३५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको समितिले जनाएको छ ।

    त्यस्तै स्थानीय काउलीको ९०, नेपाली ठूलो गोलभेडाको ८०, सानो गोलभेडा ३०, रातो आलु ६२, भारतीय रातो आलु ५६ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs