ललितपुर महानगरका मेयर महर्जनलाई अख्तियारको अर्को पत्र

  • कालिका खवर
  • शुक्रबार, असार २२, २०८१
  • ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि अर्को पत्र पनि लेखेको छ । अस्ति अख्तियारले पहिरो पीडितलाई रकम वितरण गरेको विषयमा महर्जनलाई बयानका लागि पत्र पठाएको थियो ।

    हिजो फेरि अख्तियारले प्रेस संयोजकको रूपमा रमा लुईंटेल र रुपकृष्ण कर्माचार्यलाई नियुक्ति दिएको विषयमा बयानका लागि मेयर महर्जनलाई अर्को पत्र पठाएको हो । अख्तियारले मेयर महर्जनलाई असार २६ र २८ मा टङ्गालको कार्यालयमा बोलाएको छ ।

    यसअघि २०७७ सालमा धापाखेल क्षेत्रका पहिरो पीडितलाई महानगरको कार्यपालिका बैठकको निर्णय विपरीत एक लाख ५० हजार र दुई लाख रुपैयाँ राहत दिएको भन्दै उहाँमाथि उजुरी परेको थियो । जसका लागि गएको मंगलवार अख्तियारले बयानका लागि महर्जनलाई बोलाएको थियो ।

    ललितपुर महानगरपालिकाले अख्तियारकी आयुक्त डा. सुमित्रा अमात्यको चाकुपाटमा रहेको घरले सार्वजनिक जग्गा मिचेको भन्दै अस्ति डोजर चलाए लगत्तै अख्तियारले पत्र काटेर बयानका लागि मेयर महर्जनलाई बोलाएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs