सिन्धुपाल्चोकमा निर्माणाधीन जलविद्युतको ढलान खस्दा पुरिएका दुई जनाको शव भेटियो

  • कालिका खवर
  • शनिबार, असार २३, २०८१
  • सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोसी–१ जलविद्युत आयोजनाको ढलान खसेर पुरिएका दुई जना कामदारको शव भेटिएको छ ।

    ज्यान गुमाउनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का रामजिन थारु र ठाकुरबाबा नगरपालिका–५ का सुमन थारु रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरन्जन भट्टराईले जानकारी दिनुभयो ।

    रामजिनको गएराति र सुमनको आज बिहान शव भेटिएको हो । हिजो ढलान खस्दा १० जना कामदार घाइते भएका थिए । तीमध्ये तीन जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।

    अरू सात जनाको धुलिखेलमा उपचार भइरहेको डीएसपी भट्टराईले जानकारी दिनुभयो । ४० मेगावाटको आयोजना भोटेकोशी गाउँपालिका–३ मा निर्माणाधीन छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs