भारतसँगको पहिलो टी–२० क्रिकेटमा जिम्बावे विजयी

  • कालिका खवर
  • आइतवार, असार २४, २०८१
  • भारतसँगको पहिलो टी–२० क्रिकेटमा जिम्बावे विजयी भएको छ । हरारेमा भएको पहिलो खेलमा घरेलु टोलीले भारतलाई १३ रनले हराएको हो ।

    जिम्बावेले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको भारत एक बल बाँकी छँदै एक सय दुई रन बनाउँदा अलआउट भयो । टी–२० मा जिम्बावेले भारतलाई अल आउट गरेको हिजो पहिलो पटक हो ।

    भारतका शुभमन गिलले सर्वाधिक ३१ र वासिङटन सुन्दरले २७ रन बनाए । जिम्बावेका टेन्डइ चटाराले समान तीन विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बावेका लागि क्लिभ मदान्डेले सर्वाधिक २९ रन बनाए । भारतका रवि विष्णोइले चार विकेट लिए ।

    जितसँगै जिम्बावेले पाँच खेलको शृङ्खलामा १–० कोे अग्रता बनाएको छ । दोस्रो खेल आजै बेलुका पौने ५ बजे शुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs