
काठमाडौँ। गाउँ गाउँमा नेपाली सिनेमा,गाउँ गाउँमा पर्यटक भन्ने नारा सहित कर्णाली प्रदेशको डोल्पा जिल्लामा आगामी भाद्र २ गते देखी ५ गते सम्म ‘कर्णाली अन्तररास्ट्रिय भिलेज फिल्म फेस्टिभल’ आयोजना हुने भएको छ। आज नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलनको आयोजना गर्दै औपचारिक घोषणा गरिएको हो।
नेपाली सिनेमाको बजार विस्तार संगै नेपाली सिनेमाको दर्शक बृद्दीका लागी यो फिल्म फेस्टिभलको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक नेत्र बिस्टले बताए । फिल्म फेस्टिभलमा नेपाली सिनेमा संगै केहि बिदेशी सिनेमाहरु प्रदर्शन गरिनेछ। स्थानीय कला संस्कृतिको प्रवर्धन संगै पर्यटन प्रवर्धनको लागी समेत यो कार्यक्रमले सहयोग पुर्याउने आयोजक टिमले बिस्वाश लिएको छ। ४७०० मिटरको उचाइमा रहेको जगदुल्ला तालमा कार्यक्रमको भब्य उद्घाटन गरिनेछ। चलचित्रको प्रदर्शनी तथा अन्य अन्तरक्रियाहरु जगदुल्ला गाउँपालिकामा गरिनेछ। कार्यक्रमको सह आयोजकको रुपमा जगदुल्ला गाउँपालिका रहेको छ। फिल्म फेस्टिभलमा काठमाडौँबाट ख्यातीप्राप्त कलाकारहरुलाई डोल्पा सम्म लगेर कार्यक्रममा सहभागी गराइनेछ। कर्णाली प्रदेश र डोल्पा जिल्लामै नेपाली सिनेमाको यति ठुलो कार्यक्रम सम्भवत पहिलो पटक हुन लागेको छ। चोया डिजिटल सोलुसनको आयोजनमा हुने कार्यक्रमको ब्यबस्थापन सेलिब्रेटी नेपालले गर्नेछ।