बागलुङमा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गयो

  • कालिका खवर
  • बिहिबार, असार २८, २०८१
  • पहिरोेले घर पुरिँदा बागलुङमा एक जनाको ज्यान गएको छ। बागलुङ नगरपालिका–७ तितौरेमा गएराति पहिरोेमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको ज्यान गएको हो । शर्मा घरमा एक्लै बस्दै आउनुभएको बागलुङ–७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिनुभयो । आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।

    यसैबीच, पहिरोकै कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको काठेखोला गाउँपालिका–६ बयलडाँडामा पहिरोे खस्दा लोकमार्ग अवरुद्ध भएको हो । पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोटसहित विभिन्न ठाउँमा चल्ने गाडी ठप्प हुँदा यात्रु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

    त्यस्तै लगातारको वर्षाले बागलुङ बजार जलमग्न भएको छ । लोकमार्गबाट आएको भलले बागलुङ बजार जलमग्न भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs