मुग्लिन नजिकै फिस्लिङ र कालीखोलामा पहिरो, सडक अवरुद्ध

  • कालिका खवर
  • शुक्रबार, असार २९, २०८१
  • मुग्लिन नजिकै फिस्लिङ र कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बिहान ३ बजेतिर खसेको पहिरोका कारण मुग्लिन–नारायणगढ र मुग्लिन–मलेखु सडकखण्डमा चल्ने गाडी बिच बाटोमै रोकिएका छन् ।

    प्रहरीकाअनुसार पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ । पहिरो ठूलो भएकाले सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

    प्रहरीले देशका विभिन्न सडक अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ । अवरोध नभएका राजमार्गमा पनि यातायात चापका कारण जाम हुने गरेकाले सकेसम्म यस्तो अवस्थामा यात्रा नगर्न र यात्रा गरिहाले पनि जानकारी लिएर मात्रै निस्किन प्रहरीले भनेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs