नारायणीले बगायो दुईवटा बस, ५० भन्दाबढी यात्रु बेपत्ता

  • कालिका खवर
  • शुक्रबार, असार २९, २०८१
  • चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले दुई वटा बस बगाएको प्रहरीले जनाएको छ।

    शुक्रबार बिहान अन्दाजी साढे ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलताल भन्ने स्थानमा पहिरोले दुई वटा बस बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले जानकारी दिए ।

    विरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रुवाहक बसलाई बगाएको डिएसपी रिजालले बताए ।

    त्यस्तै काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बसलाई पनि पहिरोले बगाएको डिएसपी रिजालले जानकारी दिएका छन् । उक्त बसको नम्बर खुलिसकेको छैन ।

    दुबै बसमा गरेर ५० जनाभन्दा धेरै सवार थिए । ‘ती सबै यात्रु नारायणीमा बेपत्ता छन् |

    उक्त खबर पछि एसपी, ‍डिएसपी, लगायतको कमाण्डमा ७५ जनाको टोली घटनास्थलमा खटिएका छन् ।
    पहिरोले दुबैतर्फ सडक अवरोध भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs