प्रिन्सपल्स एशोसियसनको वीरगंज नगर समिती गठन

  • कालिका खवर
  • शनिबार, असार ३०, २०८१
  • वीरगंज – प्रिन्सिपल्स एशोसियसन अफ नेपाल (प्यान) पर्साको आयोजनामा वीरगंज महानगरपालिकाको नगर कार्यसमिति गठन गरिएको छ ।

    त्रिजुद्ध माद्यामिक विद्यालय वीरगंजका प्रधानाध्यापक नवीन कुमार मिश्रको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा दयाकान्त झा, सचिवमा राजा राम साह, कोषाध्यक्षमा कबिता फुयाल, सदस्यहरुमा उमेश कुमार मिश्रा, कुरेश राउत गद्दी, राजु माली, नसिमा प्रवीण, रामबलक चौरसिया, राम रेखा राय लगायत रहेका छन् ।

    नव गठित नगर समितीका पदाधिकारीहरुलाई शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कर्णले टीका र खादा लगाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

    प्यान पर्साका अध्यक्ष बिनोद मेहताको अध्यक्षतामा भएको कार्यक्रममा प्याबसनका वीरगंज महानगर अध्यक्ष आलोक चौरसिया, एन प्याब्सनका प्रतिनिधि संतोष गुप्ता, हिस्टुन पर्साका सचिव सन्नी दुबे लगायत महानगरपालिका मातहतका विभिन्न मा.वि.र आधारभुत विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs