कोशी र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

  • कालिका खवर
  • आइतवार, असार ३१, २०८१
  • आज दिउँसो कोशी र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    देशभरको मौसम सामान्यदेखि कतै पूर्ण बदली छ । तर कोशी र गण्डकीका एक दुई ठाउँबाहेक अरू ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मनसुन न्यूनचापीय रेखा सरदरभन्दा दक्षिणतर्फ अर्थात् नेपालभन्दा पर रहेकोले मनसुन सामान्य मात्रै सक्रिय हुने महाशाखाको दैनिक बुलेटिनमा उल्लेख छ ।

    यस्तै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आउँदाे तीन दिनसम्म मनसुन सामान्य सक्रिय मात्रै रहने छ । तर यसअघि धेरै पानी परेकाले सामान्य वर्षामा पनि बाढी, पहिरो लगायतका जोखिम हुने भएकोले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs