सुन तस्करीका फरार अभियुक्त पक्राउ​

  • कालिका खवर
  • मङ्लबार, साउन १, २०८१
  • दुबईबाट नेपालमा सुन तस्करी गरेको घटनाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–२ बस्ने विकास योञ्जन छन् ।

    २०८० भदौ २५ मा ९६० ग्राम सुनसहित पक्राउ परेका बाबुलाल दोङले उक्त सुन योन्जनको रहेको बताएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो ।​​​​

    दोङले त्यतिबेला दुबई बाट सुन मलद्वारमा लुकाएर नेपाल ल्याएका थिए । प्रहरीले त्यतिबेला दोङ र बरामद सुन भन्सार कार्यालयमा बुझाएको थियो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार भन्सार कार्यालयबाटै योञ्जनको नाममा पक्राउ पुर्जी जारी भएपछि उनलाई चावहिलबाट नियन्त्रणमा लिएर बुझाइएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs