अहिले सुदूरपश्चिम र बाग्मती प्रदेशको केही ठाउँमा हल्का वर्षा

  • कालिका खवर
  • बुधबार, साउन २, २०८१
  • मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । अहिले सुदूरपश्चिम र बाग्मती प्रदेशको केही ठाउँमा हल्का वर्षा भइहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ३ घण्टामा डडेलधुरा, डोटी , अछाम, रुकुम पश्चिम, चितवन , सिन्धुपाल्चोक, काठमाण्डौ लगायतका जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सबैभन्दा धेरै डडेलधुरामा ५५ दशमलव ६ मिलिमिटर पानी परेको छ ।

    यसैबीच आज दिउँसो कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँहरुमा तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी र कर्णाली प्रदेशका एक–दुई ठाउँमा धेरै वर्षाको सम्भावना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs