
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ
आज अमेरिकी डलर, दिनार, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ ।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ४० पैसा र बिक्रीदर १४६ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ । त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७४ पैसा निर्धारण भएको छ ।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९० रुपैयाँ ३४ पैसा निर्धारण भएको छ ।
त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ ।