चीनको जिगोङ शहरमा १४ तले भवनमा आगलागी, १६ जनाको ज्यान गयो

  • कालिका खवर
  • बिहिबार, साउन ३, २०८१
  • दक्षिणी चीनको जिगोङ शहरमा एक डिपार्टमेन्टल स्टोरमा भएको आगलागीमा १६ जनाको ज्यान गएको छ । सिचुवान प्रान्तको शहरमा १४ तले भवनमा रहेको शपिङ मलमा भएको आगलागीमा अरू ३० जनाभन्दा धेरै मानिस घाइते भएका अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।

    उनीहरूलाई उद्धार गरी अस्पताल लगिएको छ । आगलागीको कारण पत्ता लगाउन र भविष्यमा हुन सक्ने यस्ता दुर्घटना रोकथामका लागि आवश्यक काम भइरहेको प्रान्तीय अधिकारीले बताएका छन् ।

    चीनमा आगलागीबाट मानवीय क्षतिका घटना धेरै हुने गरेका छन् । गएको जनवरीमा दक्षिण–पूर्वी चीनको एक घरमा भएको आगलागीमा ३९ जनाको ज्यान गएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs