प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा खतिवडा

  • कालिका खवर
  • शुक्रबार, साउन ४, २०८१
  • प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र विकास सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को हिजोको बैठकले उनीहरूलाई प्रधानमन्त्रीको सल्लाहकारमा नियुक्त गरेको हो ।

    एमालेका उप–महासचिवसमेत रहेका रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा मुख्य राजनीतिक सल्लाहकार हुनुहुन्थ्यो । ओली प्रधानमन्त्री नभएको बेलामा पनि रिमालले उहाँको राजनीतिक र प्राविधिक कामहरूको व्यवस्थापन गर्दै आउनुभएको थियो । रिमाल जिफन्टको पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।

    यस्तै पूर्व गभर्नर एवम् राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष समेत रहेका खतिवडा ओलीको यसअघिको कार्यकालमा अर्थमन्त्री हुनुहुन्थ्यो । अर्थमन्त्रीबाट हटेपछि उहाँ अमेरिकाका लागि राजदूत नियुक्त हुनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs