आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशको एक/दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना

  • कालिका खवर
  • आइतवार, साउन ६, २०८१
  • पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकको ढुङ्गे, गोबरे, गुम्थाङ, भोताङ र आसपासमा अत्यधिक पानी परेको छ । अत्यधिक वर्षाका कारण मेलम्ची र इन्द्रावती लगायतका अन्य सहायक खोलामा बाढीको जोखिम रहेकोले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

    बाढीसँगै धेरै पानी परेको क्षेत्रमा पहिरोकोसमेत जोखिम हुने भएकोले सावधानी अपनाउन महाशाखाको अनुरोध छ । यसैबीच आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको छ । देशभर सामान्यतया बदली रहेर कोशी र बागमती प्रदेशका पहाडी भू–भाग लगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम तथा गण्डकी र लुम्बिनी प्रदेशको एक/दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यसैबीच यो वर्षको मनसुन अवधिमा विपत्तीमा परेर हिजोसम्म एक सय २८ जनाको ज्यान गएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मनसुन शुरु भएको दिन गएको जेठ २८ गतेदेखि हिजोसम्मको ४२ दिनमा बाढी, पहिरोलगायत विपदमापरी एक सय २८ जनाको ज्यान गएको र एक सय ४३ जना घाइते भएका छन् ।

    बाढीका कारण एक सय ८२ घर डुबानमा परेका तथा दुई सय २८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, एक विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपदमा परी पाँच सय ८९ वटा पशुचौपाय मरेका छन् । विपदका घटनाबाट तीन हजार सात सय ७९ घरपरिवार विस्थापित भएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs