गाजाको दक्षिणी शहर खान युनिसमा इजरायलको आक्रमणबाट ७० जनाको ज्यान गयो

  • कालिका खवर
  • मङ्लबार, साउन ८, २०८१
  • गाजाको दक्षिणी शहर खान युनिसमा इजरायली आक्रमणमा परि ७० जनाको ज्यान गएको छ । विद्रोही समूह हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयकाअनुसार इजरायली आक्रमणमा परि कम्तिमा ७० जनाको ज्यान गएको हो ।

    इजरायलले प्यालेस्टाइनी विद्रोहीलाई लक्षित गरी कारबाही अघि बढाउने भन्दै गाजाका आवासीय क्षेत्रहरू खाली गर्न आदेश दिएपछि यो घटना भएको बीबीसीले जनाएको छ । इजरायली सेनाले हिजो बिहान खान युनिसको पूर्वी क्षेत्रबाट उच्च विद्रोही गतिविधि र रकेट आक्रमण भएको बताएको थियो ।

    यो क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई अल–मवासी आवासीय क्षेत्रमा जान भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs