उपसभामुखको सचिवालयले ९ लाख लिएको मुकुल ढकालको दावी

  • कालिका खवर
  • मङ्लबार, साउन ८, २०८१
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘पाँच नेपालीलाई अमेरिका लैजान दूतावासलाई पत्र लेखेको’ आरोप लागेकी उपसभामुख इन्दिरा राना निर्दाेष रहेको भनी प्रतिरक्षा गरिरहेका बेला सोही पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले भने त्यसको प्रमाण आफूसँग भएको दाबी गरेका छन्।

    मंगलबार बिहान सामाजिक सञ्जालमार्फत लामो वक्तव्य जारी गर्दै डा. ढकालले उपसभामुख रानाले नेपालीलाई अमेरिका पठाउन भनी आर्थिक लेदनेदसमेत गरेको गम्भीर आरोप लगाएका हुन्।

    ‘उपसभामुखलाई सोधखोजपछि पनि म पीडितको सम्पर्कमा आफैँ पुग्न चाहेँ तर सम्पर्कमा आएको पीडितले ती पालिका सभापतिलाई ‘तपाईंले कुरा कता–कता पुर्‍याउनुभयो, मेरो पैसा फिर्ता आयो’ बताइन्’, मुकुलले लेखेका छन्, ‘९ लाख रुपैयाँ उपसभामुख सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछि पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन्। पीडितका अनुसार ९ लाख फिर्ता भएको बैंक स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित छ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs