
जुम्लाको पातारासी गाउँपालिकामा धुवाँले निस्सासिएर दिदीबहिनीको मृत्यु भएको छ । चन्दननाथ नगरपालिकाको कालेखोलीमा बस्दै आएका ११ दिनकी सुत्केरी २२ वर्षीया मायालक्ष्मी महतारा र उनकी १९ वर्षीया बहिनी जुनमाया रोकायाको मृत्यु भएको हो ।
सुत्केरी भएको ११ दिन पुगेकी मायालक्ष्मीको अस्पतालमा उपचारको क्रममा सोमबार नै मृत्यु भएको थियो । उनकी बहिनी जुनमायाको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
आइतबार राति सुत्केरी सेक्न बालेको आगोको कोइलाको धुवाँमा उनीहरू निस्सासिएका हुन् । निस्सासिएर ११ दिनको बच्चा समेत बिरामी छन् । बच्चाको उपचार अस्पतालको आइसीयुमा भइरहेको डीएसपी छेदीलाल कामतीले जानकारी दिए ।
उनीहरूलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल खलंगा पुर्याइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए ।
बच्चाको आईसीयूमा उपचार भइरहेको छ । बहिनी जुनमाया दिदीको स्याहारका लागि आएकी थिइन् ।