मौद्रिक नीति आज सार्वजनिक हुँदै

  • कालिका खवर
  • शुक्रबार, साउन ११, २०८१
  • नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गर्दै छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति पास गर्न शुक्रबार बिहान सञ्चालक समितिको बैठकको बोलाएको बताइएको छ । बैठक ८ बजे बस्दैछ ।

    एक साताअघि नै सार्वजनिक हुने भनिएको मौद्रिक नीति रोकिएको थियो । मौद्रिक नीतिको मस्यौदा व्यवस्थापन समितिले पास गरिसकेकाले पुनः व्यवस्थापन समिति बैठक बस्ने छैन । सीधै सञ्चालक समितिले अनुमोदन गरेपछि शुक्रबार नै मौद्रिक नीति सार्वजनिक हुँदैछ ।

    गत शुक्रबार नै सार्वजनिक हुने भनिएको मौद्रिक नीतिमा प्रधानमन्त्रीको कार्यालयबाट ‘एकपल्ट हेर्ने’ कुरा आएपछि मुखैमा रोकिएकामा एक सातापछि सार्वजनिक हुने भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs