विमान दुर्घटनामा ज्यान गुमाएकाको शव परिवारले बुझ्न थाले

  • कालिका खवर
  • शनिबार, साउन १२, २०८१
  • सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको शव परिवारजनले बुझ्न थालेका छन् ।

    कम्पनीले बिमा र क्षतिपूर्ति रकम दिलाउन सक्दो सहयोग गर्ने आश्वासन दिएपछि परिवारजनले शव बुझ्न थालेका हुन् । ६ वटा शव परिवारले बुझिसकेको प्रहरीले जनाएको छ ।

    गएको बुधवार विस्तृत परीक्षण र मर्मत (सी–चेक) गर्न काठमाण्डौबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटनामा परेको थियो । दुर्घटनामा सौर्यकै प्राविधिक, कर्मचारीसमेत गरेर १८ जनाको ज्यान गएको थियो ।

    विमान दुर्घटना हुँदा क्याप्टेन मनीषरत्न शाक्यलाई भने जीवितै उद्धार गरिएको थियो । शाक्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs