नेपालले भुटानमा हुने काभा बिच भलिबलमा प्रतिस्पर्धा गर्ने

  • कालिका खवर
  • सोमवार, साउन १४, २०८१
  • काठमाण्डौ  नेपाली महिला र पुरुष टोलीले भुटानमा हुने काभा बिच भलिबल प्रतियोगितामा भाग लिने भएका छन् । प्रतियोगिता भुटानको थिम्पुमा रहेको चाङ्लिमिथाङ नेसनल स्टेडियममा यही साउन १७ गतेदेखि १९ गतेसम्म हुँदैछ ।

    प्रतियोगितामा नेपालको महिला जोडीमा कमला पुन र मनीषा चौधरी तथा पुरुष जोडीमा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुुनारको जोडीले चुनौती प्रस्तुत गर्ने छन् । दुबै टोलीलाई रूपेश बिष्टले प्रशिक्षण दिनेछन् । थिम्पुमा हुने बिच भलिबलमा पुरुषमा १० टोली र महिलामा ७ टोलीले प्रतिस्पर्धा गर्ने भलिबल सङ्घले जनाएको छ ।

    महिलामा नेपालसहित माल्दिभ्स, आयोजक भुटान र उब्जेकिस्तानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपाल बाहेक सबै राष्ट्रबाट दुई टोलीले खेल्नेछन् । पुरुषमा नेपाल, माल्दिभ्स, उब्जेकिस्तान, तुर्केमिनिस्तान र भुटानले प्रतिस्पर्धा गर्दैछन् ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs